भारतमा कोरोना भयावहः एकैदिन दुई हजार बढीको मृत्यु

भारतमा एकैदिन कोरोना भाइरसबाट दुई हजार भन्दा बढीको मृत्यु भएको छ । अहिलेसम्म २४ घण्टामा चार सय समेत ननाघेको अवस्थामा मंगलबार एकैदिन २ हजार ४ जनाको ज्यान गएको हो । योसंगै भारतमा कोरोनाबाट ज्यान जानेको संख्या ११ हजार ९२१ पुगेको छ । विश्वमै २४ घण्टामा सबैभन्दा बढी भारतमा ज्यान गएको हो ।
त्यस्तै २४ घण्टामा ११ हजार ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा यो विश्वमै तेस्रो हो । कोरोनाबाट संक्रमित हुने ३ लाख ५४ हजार १६१ जना संक्रमित भएका छन् । निको हुनेको संख्या पनि बढी नै रहेको छ । २४ घण्टामा ७ हजार २२८ जना निको भएका छन् । अहिलेसम्म १ लाख ८७ हजार ५५२ जनालाई निको भइसकेको छ ।