कर्णालीमा कोरोना संक्रमित संख्या १००० नाघ्यो, दैलेखमा थपिए ९१ जना

सुर्खेत । कर्णालीमा सोमबार एकै दिन ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखमा ९१ र सुर्खेतमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । दैलेखका संक्रमित सबैभन्दा धेरै नौमुले गाउँपालिकाका छन् ।
सोमबार थपिएकासँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ७७ पुगेको छ ।