परिक्षा नलिने भनेपछी एसईई दिने विध्यार्थी खुशी

निशा गुरुङ
३० जेष्ठ २०७७, शुक्रबार ०७:२४

एसईई परिक्षा दिन नपाएर चिन्तित भएर वसेकाविध्यार्र्थीहरु सरकारको वुधवारको निर्णयवाट खुशी भएका छन । एसईईको परीक्षा दिन तयार भएर वसेका विद्यँर्थीहरु एक्कासी कोरोनाका कारणले जा“च दिन नपाएर चिन्तित भएर वसेका थिए । कोरोनाको कहर कहिले सकिएला भनेर उनीहरु परीक्षाको प्रतिक्ष्ाँमा थिए । सरकारले एसईईको परीक्षा नलिने आन्तरिक मुल्याङ्कन गरेर परीक्षा नियन्त्रण कार्यालयले प्रमाणपत्र दिने निर्णय गरेपछि उनीहरुमा चिन्ता हटेको छ । तर कसरी प्रमाण पत्र देला भनेर चिन्ता भने लागेको छ । चैत ६ गते परीक्षा दिने तयारी गरेर वसेकाहरु चैत ५ गते कोरोनाका कारणले परीक्षा दिन रोकिएकाले उनीहरु अहिले पढन पनि छाडेका थिए । ‘खोई जा“च कहिले हुन्छ, थाहा छैन, के पढने’ भनिरहेका थिए ।

कोरोनाको ठुलो असर विद्यार्थीहरुमा परेको थियो । चैत ६ बाट सुरु हुने भनिएको एसइई परिक्षा स्थगित भएपछि विद्यार्थीहरुलाइ ठुलो असर परेको थियो । एसइई तयारी पुरै गरेर परिक्षा दिन तयार भएका विद्यार्थीहरुलाइ लकडाउनले समस्या पु¥याएको हो । परिक्षा कैलेबाट सुरु हुने भन्ने अत्तोपत्तो नभएपछि विद्यार्थीहरु सामाजिक संन्जाल व्यस्त रहदै अँएका थिए । वाआमा खेतवारीमा व्यस्त छन । स्कुल जाने अघिकांश छोराछोरीहरु सामाजिक सन्जालमा रमाईरहेका छन । वाआमाको मोवाईल हातमा लिएर दिनभर त्यस्मै व्यस्त हुने गरेका छन । हेटौंडा उपमहानगरपालिका १४ का एसईई परीक्षा दिन तयारी हालतमा बसेका सुमन रुम्बाले जाँचको अत्तोपत्तो नभएकोमा चिन्ता व्यक्त गरेका थिए । सरकारको निर्णयपछि उनी खुशी भएका छन । उनीहरुलाई परीक्षा दिन नपाएकोमा टेन्सन थियो ।

परिक्षाको तयारी पुरै सकिएर जाँच दिने तयारीमा रहेको अवस्थामा एसईई परीक्षा रद्द भएकाले रुम्वालाई मात्रहोइन अरु विद्यँर्थीलाई पनि दिक्क लागेको थियो । लकडाउनले गर्दा परीक्षा दिन नपाएकोमा जेहेन्दार विद्यार्थीहरु त्यति खुशी देखिदैनन । जाँच दिने व्यवस्था मिलाईदिएको भए हुन्थ्यो भन्ने पनि छ । परिक्षा स्थगित भएकाले उनीहरुमा मानसिक तनाव वढेको थियो। सरकारको वुधवारको निर्णयले. तनाव हटाएको छ ।

लकडाउनले एसईई परीक्ष्ाँ दिनेलाईमात्रै होइन अरु विद्यार्थीहरुलँई पनि असर पारेको छ । साना साना बालबालिकाहरु पढनु पर्ने समयमा कोही मोवाईलमा व्यस्त हुने, कोही खेलेर दिन काट्ने गरेका छन । केही शिक्षित अभिभावकहरुले आफना साना—साना छोरीलाई घर भित्रै राखेर घरायसी काम पनि सिकाउने र पढन पनि लगाउने गरेका छन । अशिक्षित परिवारका वालवालिका दिनभर माटो र वालुवामा खेलेर दिन काटिरहेका छन ।

८ कक्षा उतिर्ण भइबसेका आकन्छ तामाङलाई पनि पिर परेको छ । यति खेर बिधालय सुरु भएर पनि पहिलो त्रैमासिक परिक्षा भैसक्नेथ्यो तर लकडाउनले गर्दा आफुहरु नया किताब बोकेर नंया कक्षामा जान नपाएको पीडा सुनाए । नया किताब वोकेर नयाँ कक्षामा पढदा मज्जा आउथ्यो । कोरोना भाईरसले त्यो उनीहरुको मज्जा खोसेको छ । स्कुलमा गएर पढने दिन कहिले आउला भनेर अधिकांश विद्यँर्थी पिरोलिएका छन । कोरोनाको कहरले विद्यँर्थीहरुलाई चिन्ता वढाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*