भारतमा कोरोना भाइरसले मृत्यु हुनेको संख्या ८ हजार ५ सय नाघ्यो

जनपत्र
३० जेष्ठ २०७७, शुक्रबार ०६:४६

भारतमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ९८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ११ हजार १२८ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसको संक्रमण हुने मानिसको संख्या २ लाख ९८ हजार २८३ पुगेको हो ।

एकै दिन अरू ३९४ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ८ हजार ५०१ पुगेको छ । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख ४६ हजार ९७२ जना संक्रमणमुक्त भएका छन् ।

कोराना भाइरस ९कोभिड–१९० को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*