कोरोनाविरुद्ध खोपको अन्तिम परीक्षण गर्ने तयारीमा अमेरिका

जनपत्र
३० जेष्ठ २०७७, शुक्रबार ०६:४२

अमेरिकाको एक औषधि उत्पादक कम्पनीले कोरोना भाइरसविरुद्धको खोपको अन्तिम चरणको परीक्षण गर्ने तयारी सुरु गरेको छ। अमेरिकी औषधि उत्पादक कम्पनी मोदेर्नाले कोरोनाविरुद्धको खोपको बृहत् अर्थात् अन्तिम परीक्षण आउँदो जुलाईमा सुरु गर्ने जानकारी दिएको हो।

उक्त कम्पनीले बनएको खोपको दुई चरणको परीक्षणको नतिजा राम्रो आइसकेको छ। खोप सुरक्षित र प्रभावकारी देखिएको कम्पनीले जनाएको छ। अब जुलाईमा खोप तेस्रो चरणको परीक्षण गर्ने र त्यसमा ३० हजार मानिस सहभागी हुने मोर्दनाले जनाएको छ। उसका अनुसार अन्तिम चरणको परीक्षणका लागि १०० ग्राम डोज बनाइएको छ। खोपले मानिसको रोग प्रतिरोधात्मक क्षमता बढाउने मोदर्नाले जनाएको छ।

प्रतिवर्ष ५० करोड थान खोप आपूर्ति गर्ने र सकेसम्म सन् २०२१ को सुरुवातसम्म प्रतिवर्ष १ अर्ब डोज उत्पादन गर्न सक्ने गरी काम भइरहेको मोदर्ना कम्पनीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*