कतार र मलेसियाबाट घर फर्कनेले फेरि विवरण भर्नुपर्ने, दूतावासमा सम्पर्क व्यक्ति तोकियो

कतार र मलेसियामा समस्यामा परेका र घर फर्कन चाहने नेपालीले फेरि दूतावासमा आफ्नो विवरण टिपाउनुपर्ने भएको छ ।
मलेसियामा कोरोना सङ्क्रमण घट्दै गएको र आर्थिक गतिविधि पनि फेरि सुरु हुन थालेकाले यसअघि घर फर्कन खोज्नेमध्ये केहीले उतै बस्ने मनस्थिति बनाएपछि पुनः विवरण जाँच गर्नुपर्ने भएको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताउनुभएको छ ।