कोभिड-१९ महामारीबीच चुनावी र्‍याली शुरु गर्दै ट्रम्प

जनपत्र
२९ जेष्ठ २०७७, बिहीबार ०६:४१

ह्वाइट हाउसमा पत्रकारहरूलाई सम्बोधन गर्दै ट्रम्पले र्‍यालीको शुरुवात ओकाहोमा, फ्लोरिडा, एरिजोना र नर्थ क्यारोलिना राज्यबाट गर्ने जानकारी दिए। वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड(१९ को महामारीबीच चुनावी र्‍याली शुरु गर्ने घोषणा गरेका छन्। महामारीका कारण तीन महीनाअघि उनको चुनावी र्‍याली स्थगित भएको थियो।

बीबीसीका अनुसार ह्वाइट हाउसमा पत्रकारहरूलाई सम्बोधन गर्दै ट्रम्पले र्‍यालीको शुरुवात ओकाहोमा, फ्लोरिडा, एरिजोना र नर्थ क्यारोलिना राज्यबाट गर्ने जानकारी दिए। चारवटा राज्यमा पनि ओकाहोमाको टस्लामा पहिलो र्‍याली आगामी साता आयोजना गरिने उनले बताए।

र्‍यालीका क्रममा कोभिड-१९ को प्रसार रोक्न कस्तो उपाय अवलम्बन गर्नेछन् भन्ने उनले खुलाएनन्। राष्ट्रपतिको दोस्रो कार्यकालका लागि ट्रम्प चुनावी मैदानमा छन्। आगामी नोभेम्बरमा हुने चुनावमा उनले सामना डेमोक्रेटिक पार्टीका नेता जोय बाइडेनसँग हुँदैछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*