बाल श्रम अन्त्यका लागि युवा नेतृत्व राष्ट्रिय युवा सम्मेलन

यहि २०७७ साल जेठ ३० र ३१ गते कोभिड १९ को परिबेशमा बालबालिकालाई बालश्रमबाट जोगाऔं पहिले भन्दा अहिले धेरै ध्यान दिउ भन्ने नाराका साथ बालश्रम अन्त्यका लागि युवा नेतृत्व राष्टिय युवा सम्मेलन अनलाईन जुममा हुदैछ ।
नेपालको संविधानले बालबालिकाहरुको हकमा कुनै पनि प्रकारको शोषण, जोखिमपूर्ण, खतराजन्य काममा लगाउन निषेध गरेको छ । बालबालिका सम्बन्धि ऐन २०७५ ले पनि बालबकलिकाको आर्थिक, शारीरिक तथा मानसिक शोषण गर्न नपाइने सुनिश्चित गरेको छ । बालश्रम ऐन (निषेध र नियमावली) २०५६ ले १४ बर्ष मुनिका बालबकलिका कुनै पनि प्रकारको श्रममा र १४ देखि १८ मुनिकालाई जोखिमपूर्ण, खतराजन्य काममा रोजगारी निषेध गर्दछ ।
नेपाल आईएलओ कन्भेन्सन २९, १०५, १३८ र १८२ मा रोजगारीको लागी न्यूनतम उमेर परिभाषित गरेको छ र जबरजस्ती श्रमको प्रयोग प्रतिबन्धित गरेको छ । नेपाल सरकारले सन् २०३० सम्ममा पूर्ण रुपमा बालश्रम उन्मूलन गर्न “बालश्रम उन्मूलन सम्बन्धि राष्ट्रिय गुरुयोजना २०१८/२०२८”ल्याएको छ । गुरुयोजनाले २०२० सम्ममा बालश्रममा रहेको शोषणकारी तथा खतराजन्य काम र २०२५ सम्ममा सबै प्रकारका बालश्रमको उन्मुलनगर्ने लक्ष्य राखेको छ । नेपाल सरकारले बालश्रम निरीक्षण, उद्धार र पुनःस्थापना सम्बन्धी एक मार्गनिर्देशन मस्यौदा तयार गरेको छ, साथै बालश्रम अन्त्य गर्न बनेको राष्ट्रिय गुरुयोजना कार्यन्वयन योजना २०१८/२०२८ र बालश्रम मुक्त स्थानीय सरकारले लागू गर्न स्थानीय सरकारका लागि निर्देशिका पनि तयार गरेको छ ।
तसर्थ, सामाजिक असमानता, अनियमितता र अव्यवस्थित बालश्रमका अभ्यासका चुनौतिहरुलाई पहिचान गर्न युवाहरु सम्मिलित भई सामाजिक सञ्जाल मार्फत स्वतन्त्रता अभियान नेपाल र ग्लोबल मार्च अगेन्ष्ट चाईल्ड लेबरको आयोजना र बालअधिकारका लागि काम गर्ने राष्ट्रिय सञ्जालहरु राष्ट्रिय बाल संरक्षण सञ्जाल, डयूकम अभियान, बाल सहभागितामा कार्यरत सस्थाहरुको साझा समुह कन्सोर्टियम नेपाल, बालिका अधिकारका लागि राष्ट्रिय सञ्जाल, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान नेपाल, राष्ट्रिय बालमैत्री स्थानीय शासन मञ्च, सामाजिक सुरक्षका लागि नागरिक समाज सञ्जाल समाहित शिक्षा मञ्चको संयुक्त सहकार्यमा बालश्रम निर्वारणमा युवादायी नेतृत्व विषयक सम्मेलन १२ र १३ जुन २०२० का दिन जुम मार्फत हुन लागिरहेको एक राष्ट्रिय स्तरको कार्यक्रम हो । संघ, प्रदेश र स्थानीय तहमा बालश्रम निर्वारण गर्न युवा कार्य परिचालन गर्ने यस सम्मेलनको उद्देश्य रहेको छ ।
यस कोरोना भाईरसको महामारीका कारण देशभर वन्दावन्दीको अवस्था रहेको छ । यस वन्दावन्दिको अवस्थामा देशका सातै वटा प्रदेश भित्र रहेका १९ देखि ३५ उमेर समूह भित्र रहेका युवाहरुको उपस्थितिमा ‘बालश्रम अन्त्यका लागि युवा नेतृत्व विषयक राष्ट्रिय सम्मेलन’ दुई दिन सम्म अनलाईन यापलिकेसन जुम मार्फत सञ्चालन गर्न लागिएको एक वृहत कार्यक्रमको रुपमा हेरिएको छ । यस कार्यक्रममा टेक्नोलोजीको भरपुर उपयोग गर्दै गुगल फर्म मार्फत सहभागिहरुको अर्थपुर्ण सहभागितालाई मध्यनजर गर्दै सहभागिता फारम भर्ने व्यवस्था मिलाईएको छ । हालसम्म, सातै वटा प्रदेशका ६०० हाराहारीमा युवाहरु माझ उक्त फारम पुर्याउने लक्ष्य राखिएको छ ।
उक्त कार्यक्रमको उद्घाटन मिति २०७७ जेठ ३० गतेका दिन राष्ट्रिय बाल संरक्षण सञ्जालका अध्यक्ष ऋतु भट्ट राईको अध्यक्षतामा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री श्री पार्वत गुरुङ प्रमुख अतिथिका रुपमा र अतिथिका रुपमा राष्ट्रिय योजना आयोग माननीय सदस्य श्री मिनबहादुर शाही, बालहिंसा विरुद्धको क्रियाशील राष्ट्रिय कार्य समन्वय समूहका अध्यक्ष श्री कृष्णचन्द्र आचार्य र पूर्व बालश्रमिक तथा युवा बालश्रम अभियन्ताको उपस्थित रहने कार्यक्रम तय गरिेको छ । साथै, उक्त उद्घाटन सत्रको स्वागत तथा कार्यक्रमको उद्देश्य प्रकाश राष्ट्रिय बाल संरक्षण सञ्जालका अध्यक्ष श्री ऋुत भट्ट राई, समग्र बालश्रमिकको तर्फबाट मन्तव्य, पूर्व बालश्रमिक तथा युवा बालश्रम अभियन्ता, बालअधिकारमा कार्यरत संघ संस्थाको तर्फबाट मन्तव्य कृष्ण चन्द्र आचार्य, अध्यक्ष, बालहिंसा विरुद्धको क्रियाशील राष्ट्रिय कार्य समन्वय समूह र राष्ट्रिय योजना आयोगको तर्फबाट मन्तव्य माननीय श्री मिनबहादुर शाही, सदस्यबाट राख्ने तय गरिएको छ ।
पहिलो दिनको प्रथम सत्र बालश्रम विरुद्ध नेपाली कानुनतथा नीतिको अवस्था विषयक रहेको छ भने यसको प्रस्तूतीकरण श्री ममता शिवाकोटी, युवाअधिवक्ता र सहजीकरणमा श्री अम्बहादुर चौधरी र टिप्पणीकर्ताकोरुपमा श्री सुजन जोजु, उपसचिव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र डा. किरण रुपाखेती, प्रवक्ता तथा प्रमुख, सुशासन तथा सामाजिक विकास महाशाखा, राष्ट्रिय योजना आयोगका हुनुहुन्छ र उक्त सत्रको समय १ घण्टा ३० मिनेट तय गरिएको छ । दोस्रो सत्र बालश्रममुक्त स्थानीय तह अभियानको सान्र्दभिकता र आवश्यकता विषयक रहेको छ भने प्रस्तूतीकरण श्री सञ्जोग ठकुरी,बालअधिकार अभियन्ता र सहजीकरण श्री अशोक खनाल, राष्ट्रिय बाल संरक्षण सञ्जाल र टिप्पणीकर्ताको रुपमा श्री विमल पोखरेल, कार्यकारी निर्देशक, राष्ट्रिय गाउँपालिका महासंघ, नेपाल श्री अशोक व्याँञ्जु,अध्यक्ष नेपाल नगरपालिका संघका हुनुहुन्छ र उक्त सत्रको समय १ घण्टा ३० मिनेट तय गरिएको छ ।
साथै, तेस्रो सत्र बालश्रममुक्त व्यवसाय र आपुर्ती चक्र विषयक रहेको छ भने प्रस्तूतीकरण श्री आकाश दुलाल, निर्देशक, पूर्वाञ्चल लुब्रिकेन्ट आयल, सहजीकरण श्री रुजा पोखरेल, स्वतन्त्रता अभियान नेपाल र टिप्पणीकर्ताको रुपमा श्री भरत अधिकारी, केन्द्रिय सदस्य,नेपाल उद्योग वाणिज्य महासंघ र श्री नारायण भट्टराई, अन्तराष्ट्रि श्रम संगठन्का हुनुहुन्छ । उक्त सत्रको लागि पनि समय १ घण्टा ३० मिनेट गरि तीन सत्र पहिलो दिनको लागि निर्धारण गरिएको छ । दोस्रो दिन अर्थात मिति २०७७ जेठ ३० गतेका दिन दुई सत्र र समापन कार्यक्रम तय गरिएको छ । चौथों सत्र कोभिड–१९ महामारी र बालश्रम निवारणमा यसको प्रभाव विषयक रहेको छ भने प्रस्तूतीकरण श्री मनु नेपाली, कार्यक्रमअधिकृत, स्वतन्त्रता अभियान नेपाल र सहजीकरण श्री गौरव के.सी, बालसहभागीतामा कार्यरत संस्थाहरुको साझा समूह (कन्सोर्टियम—नेपाल) र टिप्पणीकर्ताको रुपमा श्री कृष्ण प्रसाद भुषाल, प्रशासनिक प्रमुख, राष्ट्रिय बालअधिकार परिषद र श्री पुष्कर खाती, वल्र्ड भिजन ईन्टरनेश्नल, नेपालका हुनुहुन्छ र उक्त सत्रको लागि पनि समय १ घण्टा ३० मिनेट तय गरिएको छ ।
पाँचौं सत्र बालश्रममा संलग्न बालिकाहरुका लागि विशेष संरक्षण विषयक रहेको छ भने प्रस्तूतीकरण श्री श्रद्धा वर्मा र सहजीकरण श्री अंकिता थापा, स्वतन्त्रता अभियान नेपाल र टिप्पणीकर्ताकोरुपमा श्री रोशनी कार्की, उपसचिव, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र श्री शान्ता भट्टराई, सहसचिव, राष्ट्रिय महिला आयोगका हुनुहुन्छ र उक्त सत्रको लागि पनि समय १ घण्टा ३० मिनेट तय गरिएको छ । यसरी सत्रहरुको सञ्चालन पश्चात समापन कार्यक्रम तय गरिएको छ जसमा प्रमुख अतिथिका रुपमा श्री माधव प्रसाद ढुङ्गेल, कार्यकारी उपाध्यक्ष, राष्ट्रिय युवा परिषद्र कार्यक्रमको अध्यक्षता श्री ऋतु भट्ट राई, अध्यक्ष राष्ट्रिय बाल संरक्षण सञ्जाल र अतिथिवक्ताको रुपमा श्री कृष्ण सुवेदी, संयोजक तथा नरेन्द्र डंगोल, अध्यक्ष, बालबालिकाशान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप), श्री किरण थापा, अध्यक्ष, बालबालिकामा कार्यरत संस्थाहरुको साझा समूह, कन्सोर्टियम—नेपाल, श्री तिलोत्तम पौड्याल, संयोजक, राष्ट्रिय बाल मैत्री स्थानीय शासन मञ्च, बालिका अधिकारकालागि राष्ट्रिय सञ्जाल तथा सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल रहेका छन् । तत्पश्चात, बालश्रम अन्त्यका लागि युवा घोषण पत्रजारी श्री सरोज आचार्य, कार्यसमिति सदस्य, राष्ट्रिय बाल संरक्षण सञ्जालले प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ भने धन्यवाद ज्ञापन श्री अमित राजश्रेष्ठ, वरिष्ठ कार्यक्रम अधिकृत, स्वतन्त्रता अभियान नेपाल, र प्रमुख अतिथिबाट मन्तव्य श्री माधव प्रसाद ढुङ्गेल, कार्यकारी उपाध्यक्ष, राष्ट्रिय युवा परिषद र सभा समापन, श्री ऋतु भट्ट राई, सभाध्यक्षले गर्ने कार्यक्रम तय गरिएको छ ।
लेखक खतिवडा कन्सोर्टियम नेपाल, तथा राष्ट्रिय बाल संरक्षण संजाल सचिब हुनुहुन्छ ।