भारतमा सक्रिय कोरोना संक्रमित भन्दा निको हुने बढी

जनपत्र
२८ जेष्ठ २०७७, बुधबार ०६:४६

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार १४६ पुगेको छ । २४ घण्टाको अवधिमा १० हजार १२६ संक्रमित भएका छन् । विगतका केही दिनका तुलनामा मंगलबार कमी आए पनि बुधबार बिहानसम्मको २४ घण्टामा फेरि संक्रमित थपिएका हुन् ।

मृतकको संख्या ७ हजार ७५० पुगेको छ । मंगलबार २४ घण्टामा २६६ जनाको ज्यान गएकामा बुधबार बिहान २७२ जनाको ज्यान गएको छ । हाल १ लाख ३३ हजार ७११ जनामा कोरोना रहेको छ भने १ लाख ३४ हजार ६७० जनालाई उपचारपछि निको भएको छ ।

गएको २४ घण्टामा ५ हजार ६५१ जनालाई निको भएको छ । मंगलबार ५ हजार २४७ जनालाई निको भएको थियो । बुधबार निको हुनेहरु बढेका छन् । तुलना गर्दा संक्रमित हुने भन्दा निको हुनेहरु बढी भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*