विश्व कोरोना अपडेटः मृत्यु हुनेको संख्या ४ लाख १३ हजार बढि, संक्रमितको संख्या ७३ लाख १२ नाघ्यो

विश्वभर आतंक मच्चाई रहेको कोभिड १९ अर्थात कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ४ लाख १३ हजारभन्दा बढी र संक्रमितको संख्या ७३ लाख १२ नाघेको छ ।
वल्डो मिटरको बुधबार बिहान ६ः३० बजेको तथ्यांक अनुसार विश्वभर मृत्यु हुनेको संख्या ४ लाख १३ हजार ३ जनाको मृत्यु भएको छ भने विश्वभर संक्रमितको संख्या ७३ लाख १२ हजार १ सय ९८ जना पुगेको छ । निको हुनेको संख्या ३५ लाख ९८ हजार ४ सय ६३ जना पुगेको छ ।