अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या घट्दो, २४ घण्टामा ५८१ को मृत्यु

जनपत्र
२७ जेष्ठ २०७७, मंगलवार ०६:५२

५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा दैनिक मृत्यु हुनेको संख्या घट्दो क्रममा रहेको छ । १५ दिनअघिसम्म कोरोना भाइरसको महामारीले दैनिक २ हजार देखि २५ सयसम्म मानिसको मृत्यु भएको अमेरिकामा अहिले यो दर ६ सयको हाराहारीमा आएको छ।

नेपाली समयअनुसार सोमबार ३७३ जनाको मृत्यु भएको अमेरिकामा मंगलबार विहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ कोरोनाकै कारण मृत्यु हुनेको संख्या ५८१ छ ।

यस्तै एकै दिन १८ हजार २४२ जना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २० लाख २५ हजार ६९१ पुगेको छ । कोरोना भाइरसको महामारीले अमेरिकामा मंगलबार बिहान साढे ५ बजेसम्म १ लाख १३ हजार ५० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ५८२ जनाको मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ७ लाख ७१ हजार ७१३ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख ४० हजार ९२७ जनामध्ये १६ हजार ९०४ जनाको अवस्था गम्भीर रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*