कोरोना अपडेट भारतः ७ हजार ४ सय बढिको मृत्यु, संक्रमितको संख्या २ लाख ६५ हजार नाघ्यो
विश्वभर आतंक मच्चाई रहेको कोभिड १९ अर्थात कोरोनाभाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या ७ हजार ४ सय बढि र संक्रमितको संख्या २ लाख ६५ हजार नाघेको छ ।
वल्डो मिटरको मंगलबार बिहान ६ः३० बजेको तथ्यांक अनुसार भारतमा मृत्यु हुनेको संख्या ७ हजार ४ सय ७३ जनाको मृत्यु भएको छ भने भारतामा संक्रमितको संख्या २ लाख ६५ हजार ९ सय २८ जना पुगेको छ । त्यसैगरि १ लाख २९ हजार ९५ जना निको भएका छन् ।






