अमेरिकामा कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो

जनपत्र
२६ जेष्ठ २०७७, सोमबार ०७:१४

अमेरिकामा कोरोना भाइरसका कारण एकैदिन ३७३ जनाभन्दा बढीको मृत्यु भएको छ । केही दिन अगाडि अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्यामा ह्वात्तै बढेको थियो । तर, पछिल्लो समय भने मृत्यु हुनेको संख्या कमी आएको छ । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख १२ हजार ४६९ पुगेको छ । त्यस्तै आइतबार १८ हजार बढी संक्रमित फेला परेका छन् । हालसम्म अमेरिकामा संक्रमितको संख्या २० लाख ७ हजारभन्दा बढी पुगेको छ ।

७ लाख ६१ हजारभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् । झण्डै १७ हजारको अवस्था गम्भीर रहेको छ । त्यस्तै अमेरिकामा कोरोनाभाइरसको त्रास र लकडाउनका कारण लामो समयसम्म बन्द भएर व्यापार व्यवसायहरु पुनः संचालन हुन थालेपछि टेन्टको माग ह्वात्तै बढेको छ ।

अमेरिकाका सबैजसो शहरहरुमा टेन्टको माग अत्यधिक बढेको एक अध्ययनले देखाएको अधिकारीहरुले जनाएका छन् ।कोरोनाभाइरसको त्रासका कारण त्यसबाट बच्नका लागि व्यापार व्यवसाय संचालन गरेको ठाउँलाई फराकिलो बनाउनका लागि टेन्टको माग बढेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*