कोरोनाबाट एक दिनमा सबैभन्दा बढी मृत्यु चिलीमा
कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा सबैभन्दा बढी मृत्यु चिलीमा भएको छ। त्यहाँ हिजो आइतबार ६४९ जनाको मृत्यु भएको तथ्यांक छ। योसँगै चिलीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार १९० पुगेको छ। सोही अवधीमा चिलीमा ६ हजार ४०५ कोरोना संक्रमित थपिएका छन्। चिलीमा कोरोना संक्रमितको संख्या १ लाख ३४ हजार १५० पुगेको छ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण विश्वमा ३ हजार ३७५ जनाको ज्यान गएको छ। ब्राजिल, अमेरिका, मेक्सिको लगायत देशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको मृत्यु कम भएको देखिएको छ। पछिल्लो २४ घण्टामा ब्राजिलमा ५४२ तथा अमेरिकामा ३७३ जनाको मृत्यु भएको छ। मेक्सिकोमा ३४१, चिलीमा ६४९, भारतमा २६१ कोरोना संक्रमितको २४ घण्टामा मृत्यु भएको छ। हालसम्म विश्वमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ४ लाख नाघिसकेको छ।






