विश्व कोरोना अपडेटः मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो, संक्रमितको संख्या ७० लाख नजिक
विश्वभर आतंक मच्चाई रहेको कोभिड १९ अर्थात कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ४ लाख ९भन्दा बढी र संक्रमितको संख्या ७० लाख नजिक छ ।
वल्डो मिटरको आइतबार बिहान ७ः०० बजेको तथ्यांक अनुसार विश्वभर मृत्यु हुनेको संख्या ४ लाख २ हजार ४७ जनाको मृत्यु भएको छ भने विश्वभर संक्रमितको संख्या ६९ लाख ७३ हजार २ सय ४३ जना पुगेको छ । निको हुनेको संख्या ३४ लाख ११ हजार ९८ जना पुगेको छ ।






