संसारका खराब मुलुकको सूचीमा भारत छैटौंमा उक्लियो, संक्रमितको संख्या २ लाख ३६ हजार नाघ्यो
कोभिड १९ का कारण संसारका सबैभन्दा खराब मुलुकहरुको सूचीमा भारत छैटौं स्थानमा उक्लेको छ। भारतको यही रफ्तार कायम हुने हो भने सूचीमा पहिलो तीन स्थानभित्र पुग्न धेरै समय लाग्ने छैन।
वल्डो मिटरको शुक्रबार बिहान ७ः०० बजेको तथ्यांक अनुसार भारतमा मृत्यु हुनेको संख्या ६ हजार ६ सय ४९ जनाको मृत्यु भएको छ भने भारतामा संक्रमितको संख्या २ लाख ३६ हजार १ सय ८४ जना पुगेको छ । त्यसैगरि १ लाख १३ हजार २ सय ३३ जना निको भएका छन् ।