आजदेखि विदेशमा रहेका नेपालीको उद्धार, २३६ नेपालीलाई आज ल्याइदै

जनपत्र
२३ जेष्ठ २०७७, शुक्रबार ०७:४८

कोरोना भाइरसको महामारीले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई सरकारले आजदेखि उद्धार सुरू गर्दैछ । दैनिक २९ सय जनालाई उद्धार गर्न सकिने तयारी पूरा भएपछि सरकारले आजदेखि विदेशमा रहेका तर महामारीले अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्न लागेको हो ।

पहिलो चरणमा आज म्यानमारबाट २६ जना नेपाली र युनाइटेड अरब इमिरेट्स ‘युएई’ बाट २१० जना नेपालीलाई काठमाडौं ल्याउन लागिएको छ । म्यानमारबाट त्यहाँको सैनिक जहाजले नेपालीलाई लिएर आउनेछ भने युएईबाट चाटर्ड जहाले २१० नेपाली नेपाल नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

उद्धार गरेर ल्याएका नेपालीहरूलाई नेपाली सेनाले तयार पारेको होल्डिङ सेन्टरमा राखिनेछ । त्यहाँ स्वास्थ्य परीक्षण लगायतका काम सकेर संक्रमण नदेखिए उनीहरूलाई सम्बन्धित स्थानीय तहमा पठाइनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*