फ्लोइड हत्या जातिय विभेदको नमूना भएको अमेरिकी अधिकारकर्मीहको दावी, देशभर हिंसात्मक प्रदर्शन जारी
अमेरिकाको मिनेसोटा शहरमा भएको घटना जातिवादको महामारी भएको अधिकारकर्मीहरुले बताएका छन् । जर्ज फ्लोइडलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा केही दिनअघि घुडाँले घाँटी थिचेर हत्या गरेको भिडियो सार्वजनिक भएको थियो ।
त्यसयता अमेरिकाका विभिन्न शहरमा हिंसात्मक घटनाहरु हुनुका साथै आगजनी, तोडफोडका घटनाहरु भइरहेका छन् ।अफ्रिकन मुलुकका अस्वेत नागरिकको हत्या जातिय विभेदका चरम नमूना रहेको भन्दै लगातार प्रदर्शन भइरहेका छन् ।स्थिति नियन्त्रणमा लिन नसक्दा कतिपय शहरमा निषेधाज्ञासमेत जारी गरिएको छ ।
फ्लोइड हत्याको विरोधमा अमेरिकामा मात्र नभइ केही युरोपेली मुलुक र बेलायतमा पनि प्रदर्शनहरु भएको बताइएको छ ।फ्लोइडको हत्यामा संलग्न प्रहरीसहित केहीलाई हत्या र हत्याको प्रोत्साहनलगायतका मुद्धा लगाइएको छ ।






