विश्व कोरोना अपडेटः ३ लाख ९३ हजार बढीको मृत्यु, संक्रमितको संख्या ६७ लाख नाजिक

विश्वभर आतंक मच्चाई रहेको कोभिड १९ अर्थात कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ३ लाख ९३ हजारभन्दा बढी र संक्रमितको संख्या ६७ लाख नजिक पुगेको छ ।
वल्डो मिटरको शुक्रबार बिहान ७ः०० बजेको तथ्यांक अनुसार विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ९३ हजार १ सय २७ जनाको मृत्यु भएको छ भने विश्वभर संक्रमितको संख्या ६६ लाख ९७ हजार ७ सय ६३ जना पुगेको छ । निको हुनेको संख्या ३२ लाख ४४ हजार ४ सय २३ जना पुगेको छ ।