अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोनाले १ हजार बढिको मृत्यु, संक्रमितको संख्या १९ लाख नाघ्यो
अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८१ को मृत्यु भएको छ । सोही अवधीमा २० हजार ३२२ कोरोना संक्रमित थपिएका छन् ।
अमेरिकामा कोरोना संक्रमितको संख्या १९ लाख नाघेको छ । यसमध्ये ६ लाख ८५ हजार निको भइसकेका छन् । ११ लाख स्वास्थ्यकर्मीको निगरानीमा छन् । १६ हजार ९२५ को स्वास्थ्य अवस्था गम्भीर छ ।
१ लाख ९ हजार भन्दा धेरैको कोरोनाकै कारण अमेरिकामा मृत्यु भइसकेको छ ।






