विश्व कोरोना अपडेटः ३ लाख ८१ हजार बढीको मृत्यु, संक्रमितको संख्या ६५ लाख नाजिक

विश्वभर आतंक मच्चाई रहेको कोभिड १९ अर्थात कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ३ लाख ८१ हजारभन्दा बढी र संक्रमितको संख्या ६५ लाख नजिक पुगेको छ ।
वल्डो मिटरको बुधबार बिहान ६ः३० बजेको तथ्यांक अनुसार विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ८१ हजार ७ सय १८ जनाको मृत्यु भएको छ भने विश्वभर संक्रमितको संख्या ६४ लाख ७४ हजार ७५ जना पुगेको छ । निको हुनेको संख्या ३० लाख ६ हजार ८ सय ३१ रहेको छ ।