वाग्मती प्रदेशको बजेट अधिवेशन आजदेखिः कोरोना परिक्षण गराउने वा नगराउने छलफल अझै टुङ्गो लागेन

जनपत्र
१२ जेष्ठ २०७७, सोमबार ०७:५९

हेटौंडा । वाग्मती प्रदेशसभाको बजेट अधिवेशन आज दिउसो २ वजेबाट सुरु हुने भएको छ । वजेट अधिवेशनका लागि सवै तयारी पुरा गरिएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिनुभयो । वजेट अधिवेशन आजबाट सुरु हुने भएपनि कोरोना भाइरसको परिक्षणको नेगेभिभ रिपोर्ट देखाएर मात्र संसद भित्र छिर्न पाउनुपर्ने केही सांसदको माग रहेको छ भने केही सांसदहरुले भने कोरोना परिक्षण पहुँचका आधारमा होइन आवस्यक्ताका आधारमा गर्नुपर्ने माग गरेका छन् ।

यो समाचार तयार पार्दा सम्म कोरोना परिक्षणको नेगेटिभ रिपोर्ट देखाएर मात्र संसदभवन भित्र छिर्न दिने वा यो पटक त्यसै दिने भन्नेमा वहस चलिरहेको छ । आजदेखि अधिवेशन चल्ने भएकाले संसदका कर्मचारी, मर्यादा पालक, सभामुख, केही सांसदहरुले कोरोना परिक्षण गरिसकेका छन् ।

प्रदेश सरकारका मुख्यमन्त्री र अधिकांश मन्त्रीहरुले कोरोना परिक्षण गरेका छैनन् । बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले कोरोना भाइरस ९कोभिड १९० को परिक्षण पदको आधारमा भन्दा पनि आवस्यक्ताका आधारमा हुने वताउनुभएको छ । बागमती प्रदेश सरकारको नीति भनेको कोरोनाका संका लागेका विरामी वा कोरोना भाइरस संक्रमित मानिससंग सम्पर्कमा रहेका व्यक्तिहरुको मात्र पीसीआर गर्ने नीति रहेको वताउनुभयो ।

पद, पहुँच र पाओरका आधारमा कोरोना परिक्षण नहुने वताउनुभयो । भोलीको प्रदेशसभाको वैठकमा जानका लागि धेरैजसो सांसदहरुले कोरोना परिक्षण गरिसकेको अवस्थामा आफुले भने कोरोना परिक्षण नगरेको वताउनुभयो । कोरोना परिक्षणमा पदका आधारमा आफुले नगर्ने वताउनुभयो । संसदमा कोरोना परिक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरेमा आफु संसद भित्र नजाने वताउनुभयो ।

अधिवेशन बैठकको पहिलो दिन आज आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले सरकारद्वारा आगामी आवको बजेटको लागि प्रस्तुत गरिने आर्थिक पक्षको सैद्दान्तिक विषयमा छलफलको लागि विधेयक प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ । उक्त आर्थिक विधेयकमाथि आज १२ र १३ गते छलफल हुने पनि सचिवालयले जनाइएको छ ।

प्रदेशसभाको बैठकको लागि सभा कक्षमा सामाजिका दुरी कायम गरी बस्ने कुर्सीको र सेनिटाइजरको व्यवस्था मिलाइएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रदेशसभाको बैठकको समाचार सम्प्रेषणको लागि संचारकर्मीहरुको लागि बस्ने छुट्टै कक्षको पनि व्यवस्थापन गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*