श्रीलंकामा राहतको पैसा बाड्ने क्रममा तीन जनाको मृत्यु

जनपत्र
९ जेष्ठ २०७७, शुक्रबार ०७:३६

श्रीलंकामा राहतको पैसा बाड्ने क्रममा तीन जनाको मृत्यु भएको छ । बिबिसीका अनुसार कोरोना भाइरसका कारण संकटमा परेकाहरुलाई सहयोग गर्न एक व्यापारीले पैसा बाड्दा भागदौड हुदा तीन जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

कोरोनाका कारण संकटमा परेकाहरुलाई एक व्यापारीले पैसा बाड्ने ठाउमा सयौं मानिस जम्मा भएको र भाग दौड मच्चिएको प्रहरीले बताएको छ ।प्रहरीले पैसा बाड्ने व्यापारीले आफ्नो योजना बारे प्रहरीलाई खबर नगरेको र अनुमति समेत नलिएको बताएको छ । प्रहरीले पैसा बाड्न संलग्न ६ जनालाई हिरासतमा लिएको जनाएको छ ।

मिडिया रिपोर्टका अनुसार पैसा बाड्ने व्यापारी मुस्लिम रहेको र रमजान महिनाको समाप्तिको अवसरमा इदका लागि दान गरिरहेको बताइएको छ । श्रीलंकामा कोरोना भाइरसको संक्रमणमा अहिलेसम्म एक हजार ४८ जना पुगेका छन् भने ९ जनाको मृत्यु भएको छ ।खरिबोटबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*