विश्व कोरोना अपडेटः ३ लाख ३४ हजार बढीको मृत्यु, संक्रमितको संख्या ५२ लाख नाजिक
विश्वभर आतंक मच्चाई रहेको कोभिड १९ अर्थात कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ३ लाख ३४ हजारभन्दा बढी र संक्रमितको संख्या ५२ लाख नजिक पुगेको छ ।
वल्डो मिटरको शसक्रबार बिहान ७ः०० बजेको तथ्यांक अनुसार विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ३४ हजार १ सय १७ जनाको मृत्यु भएको छ भने विश्वभर संक्रमितको संख्या ५१ लाख ८९ हजार ५ सय १ पुगेको छ । निको हुनेको संख्या २० लाख ७८ हजार ६ सय ३१ रहेको छ ।






