कोरोना त्रासमा खानेपानी व्यवस्थापन बोर्डको भुमिका

हाल विश्वभर महामारीको रुपमा कोभिड १९ कोरोना भाइरसको फैलिरहेको र नेपालमा समेत कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गईरहेको छ । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डबाट कोरोना भाइरसको संक्रमणबाट बच्न भाइरसको रोकथाम तथा नियन्त्रको लागि कार्यालय परिसर भित्र रोगसंग सम्बन्धी जानकारी मुलक फ्लेक्स टाँस गरेको छ ।
कार्यालयमा सेवा लिन आउने सेवाग्राही र कर्मचारीहरुका लागि कार्यालय भित्र छिर्ने गेट अगाडी साबुन पानीले हात धुने र सेनिटाइज गर्ने व्यवस्था मिलाउनुका साथै थर्मल गन मेशिसनबाट तापक्रम समेत मापन गर्ने गरेको र माक्सको प्रयोग गरेर आउनेहरुलाई मात्र कार्यालय भित्र प्रवेश गराउने गरिएको छ ।
२०७६ चैत ११ देखि नेपाल सरकारबाट लगडाउन जारी भए पश्चात बोर्डको आत्यावश्यक सेवाहरु खानेपानी उत्पादन÷वितरण र मुख्य तथा शाखा पाइप लाइन मर्मत बाहेक अन्य सेवाहरु बन्द रहेकोमा २०७६ बैशाख २६ गतेबाट नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी स्वास्थ सम्बन्धी प्रोटोकलको पालना गर्दै खानेपानी महशुल संकलन, मिटर रिडिङ्ग लगायत अन्य नियमित कार्यहरु संचालन भईरहेको छ । बोर्डले २०७६ चैत महिनाको न्युनतम पानी महशुलमा २५५ प्रतिशत छुट दिनुको साथै २०७६ फाल्गुन र चैत महिनाको पानी महशुल २०७६ जेठ १५ गते सम्म भुक्तानी गर्दा जरिवाना नलाग्ने व्यवस्था गरेको छ ।
हेटौंडाको नगर क्षेत्र भित्र कोभिड १९ कोरोना भाइरसको रोकथाम तथा नियन्त्रको लागि जिल्ला भर रहेको विभिन्न लायन्स तथा लियो कल्बहरुको सहकार्यमा विभिन्न १३ स्थान (हेटौंडा अस्पताल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत, खानेपानी व्यवस्थापन बोर्ड, मानस चोक, बुद्ध चोक, बसपार्क, हुप्राचौर, पिप्ले चोक, रातोमाटे चेक पोष्ट, पल्पसा रोड र हेटौंडा अद्यौगिको क्षेत्र गेट) ) लायन्स तथा लियो क्लबहरुले उपलब्ध गराएको खुट्टाले थिचेर हात धुन मिल्ने ५०० लिटरको टंकी, टंकी स्ट्यान तथा धारामा यस बोर्डबाट दैनिक पानीको व्यवस्थापन गर्ने गरी रु २९००।— बराबरको फिटिङ्ग सामाग्री जडान गरी पानी हाल्ने व्यवस्था मिलाइएको छ । हाल उक्त टंकीहरुबाट दैनिक सरदर ५०० देखि ६०० लिटर पानी खपत भई रहेको छ । अन्य स्थानहरुमा विभिन्न संघ संस्थाहरुबाट अनुरोध भई आएको खण्डमा हात धुने धारा जडान गर्ने कार्यलाई निरन्तरता दिइने छ ।
नेपाल खानेपानी संस्थान हेटौंडा शाखा बिधिवत रुपमा यस हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा मिति २०७० जेष्ठ ८ गते हस्तान्तरण भएको सातौं वर्षगाठको अवसरमा हामी प्रवेश गरेका छौ । हस्तान्तरण पश्चात हेटौंडाको नगर क्षेत्रमा खानेपानीको व्यवस्थापन गर्नु बोर्डको लागि अवसर र चुनौतिको रहेको थियो । उक्त अवसर र चुनौतीको सामना गर्दै बोर्ड यहासम्म आउन सफल भएको छ । हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड हेटौंडा उपमहानगरपालिका, बागमती प्रदेश सरककार, संघिय सरकार,समुदायको साझेदारी र सहयोगमा नगरबासिलाई सर्वसुलभ र विश्वासिलो तरिकाले शुद्ध पिउन योग्य पानी उपलव्ध गराउन योजनवद्ध ढंगबाट बोर्ड अघि बढेको छ ।
हाल विश्वभर महामारीको रुपमा कोभिड १९ कोरोना भाइरसको फैलिरहेको र नेपालमा समेत कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गईरहेको हु“दा वार्षिकोत्सवको अवसरमा खानेपानी बोर्डबाट आयोजना गरिने औपचारिक कार्यक्रम स्थगित गरेका छौं । कोरानाको कारणले नियमित पत्रकारसम्मेलन पनि अवरुद्ध भएको छ ।