चीनमा अब उपचाररत कोरोना संक्रमित ८७ जना
कोरोनाभाइरसको उद्गम मानिएको चीनमा अब उपचाररत संक्रमितको संख्या ८७ मा झरेको छ । त्यहाँ कूल संक्रमित ८२ हजार ९६५ मध्ये ७८ हजार २४४ जना निको भएका छन् । चार हजार ६३४ जनाको मृत्यु भएको छ ।
अहिले संक्रमित रहेका ८७ मध्ये ७८ जना सामान्य अवस्थामा छन् भने नौ जना गम्भीर छन् । विगत एक महीना ९१७ अप्रिल० यता त्यहाँ जम्मा दुई जनाको मात्र मृत्यु भएको छ । एक महीनाबीच गएको आइतबार एक जना र २७ अप्रिलमा अर्का एक जनाको मृत्यु भएको थियो ।
त्यहाँ नयाँ संक्रमित भेटिने दर पनि नियन्त्रित अवस्थामा पुगेको छ । मंगलबार जम्मा पाँच जना र सोमबार ६ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो एक सातामा ३९ जना कोरोनाभाइरसका नयाँ संक्रमित भेटिएका छन् ।
चीनले बन्दाबन्दी हटाइसकेको छ । ६ मेदेखि सम्पूर्ण विद्यालय पनि खोलिएको छ । तर, विद्यालयमा व्यक्तिगत दूरी अनिवार्य कायम राख्नु पर्ने नियम छ । हिमालखबरबाट