ट्रम्पद्वारा डब्लूएचओलाई ३० दिने अल्टिमेटम
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०लाई ३० दिने अल्टिमेटम दिएका छन्। ३० दिनभित्र उल्लेख्य सुधारको काम गर्न नसकेमा अमेरिकाले डब्लूएचओलाई स्थायी रुपमा गर्दै आएको सहयोग सँधैका लागि कटौती गर्ने ट्रम्पले चेतावनी दिएका हुन्।
ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई चीनपरस्त भएको र चीनको कोरोनासम्बन्धी वास्तविक डेटा लुकाएको आरोप लगाउँदै आएका छन्। राष्ट्रपति ट्रम्पले मंगलबार एक ट्वीट गर्दै डब्लूएचओका प्रमुख टेड्रोस घेब्रेयेससलाई पठाएको चिठी सार्वजनिक गर्दै यदि अबको ३० दिनभित्र पनि संगठनमा केही सुधार देखिएन भने अमेरिकाले गर्दै आएको सहयोग सँधैका लागि रोक्ने चेतावनी दिएका हुन्।






