अमेरिकामा कोरोना भाइरसको संक्रमणले ९० हजारको मृत्यु
बिश्वभर फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ९० हजारभन्दा बढीको मृत्यु भएको छ ।
वल्डोमिटरको सोमबार बिहान ६ः०० बजेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा थप ८६० जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ९० हजार ९७३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ १९ हजार ७ सय १३ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १५ लाख २६ हजार ८४२ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ३ लाख ४४ हजार ९४३ जना उपचारपछि निको भएका छन् ।






