कोरोना त्रासः हजुरआमाको मृत्यु हुँदा पनि जान सकेनौ

दिपा दाहाल
३ जेष्ठ २०७७, शनिबार १०:५३

रातीको लगभाग साढे ८ वजेको थियो । बैशाख ३० गते म भान्सा कोठाबाट तल झर्दै थिए । दाई फोनमा बोली रहनु भएको थियो । अनी ममी को अनुहार निकै मलिन देखिन्थ्यो । केहि नराम्रो घटना हो भन्ने त सन्केत पाय । तर, के अनुमान लगाउन । दाईको फोन कानबाट तल झर्ने वित्तिकै ममीले मेरो अनुहार को कौतुहल्ता मेटाउन साम्य पार्न भन्दिनु भयो ।

चितवनबाट फोन थियो । यती भन्दैमा मैले बुझे । मेरो हजुर आमा गएको ७ महिना देखी बिरामी हुन्हुहुन्थ्यो । थ्रोट क्यान्सरको बिरामी आमाले यस धर्तीबाट बिदा लिनु भएको सत्य रहेछ्र । म समझना को स्मृतीमा बहन पुगेछु तेही समयम्र हुन त हजुरमा हाम्रो घरमा बसनु हुन्नथ्यो । सानै बेला देखीका यादहरु नभए पनि आफु टीनएज भयको बेला देखीको सबै दिमागले भ्याउने जती सबै स्मृतीहरु फटफट प्रतिस्पर्धात्मक रुपमा आइरहयो ।

कतीबेर बितेको थियो । मलाई पत्तो भएन । यक्कासी म झसङ्ग भए । फेरी दाईको मोबाईलमा अर्को घन्टी बजेको रहेछ्र दाईले फोन रिसिभ गर्दै अनुहारमा केहि निरासको प्रतिकृया दिदै भन्दै हुन्हुन्थ्यो । गाह्रोनै छ छनता तै पनि मिलाउन कोसिस गर्दै छु । अनि फोन रख्नु भयो । फोन राखनासाथ एक पछी अर्को गर्दै लगभाग अर्को १ घण्टा जती कहिले फोन उठाउँने त कहिले आफै डाएल गर्दै गफ गर्नु भयो । अनी हामी फेरी परिवारिक छलफल गर्न लागेउ । के गर्ने अब घरमा को को बश्ने अनि को को जाने, चितवन ।

हाम्रो छलफल पूर्णतय आफुले मान्नेगुन्ने गरेको पात्रहरुले दिएको सल्लाहबाट बिग्न प्रभावित थियो । उहाहरुले भन्नु भएको कुराको निचोड आज राती राती हिढ्नु ठीक छैन । भोली बिहान उठेर गरम्ला जे गर्नुपर्छ त्यही गरौला भन्ने भयो । किनकी यो समयमा सवै भन्दा धेरै कोरोना भाइरस संक्रमित भएको दिन पन िहो ।

लगभाग धेरै बेरको सल्लाह भयो । रात पनि छिप्यिसकेको थियो । धेरै बेर को छलफल पछी हजुरआमा को अन्तेस्टी गर्न जानपाईने निचोड बन्यो । आर्एघाट जानपाईने पास चाहिन्न । मानिस को मृत्य हुँदा, तर यता काठमान्डु आए पछीचै क्वारेन्टाइनमा बश्नु पर्छ्र । छरछिमेक तथा टोलमा बश्ने मनिसको स्वास्थ्यमा पर्ने असार न्युनिकारणको लागि । यो हाम्रो वडा अध्यक्षको निस्कर्स पनि यही थियो ।

काठमाण्डौ छोडेर फेरी फर्किएपछी १४ दिन क्वारेन्टीनमा वस्नुपर्छ अनी मात्र घरमा वस्न पाइन्छ भनेपछी हामी हजुरआमाको मृत्यु हुँदा पनि जान सकेनौ । १३ दिन हजुरआमाको संस्कारका लागि कोरामा वस्नुपर्ने त्यसपछी आएर त्यसैगरी क्वारेन्टीनमा वस्नुपर्ने बाध्यता सुनिसकेपछी हामी चितवन जान सकेनौ । दुइदिन अघी मात्रै भएको भए हामी तपाईंलाई क्वारेन्टाइनमा वस्नै पर्छ भन्नेथिएनौ । यो दिन भन्दा पहिले यहाँ कोरोना सक्रमण देखिएको थिएन । तेसै दिन मात्रै २ जनामा कोरोना सक्रमण पोजिटिभ देखिएको थियो । शहर तथा पुर्ण देशनै त्रसित मुद्रामा देखिएको थियो ।

अब बाँकी थियो आफुले पुजेको ब्रमाणलाई फोन गर्ने, मध्यरात हुन लागेकाले गर्दा बिहान फोन गर्ने कुरा गरि सबै आफ्नो कोठा तिर लाग्यौ ।
भोलीपल्ट बिहान झिस्मिसेमा नै ब्राह्मणलाई फोन गरियो । उहाको सल्लाह पनि अरुको भन्दा बिल्कुलाई फरक थिएन । ममीलाई अलग्गै पकएर खुवाउने र सकेसम्म अलग्गै बाथरूमको बेबस्था गरी दिनु । तपाईंहरुले १० दिन सम्म नुननखाइ बस्दा हुन्छ । अनि गौदनको कामको लागि म केइ बेबस्था मिलाउछु । हुनत हिजो बेलुका पनि सबैले एहीनै सल्लह दिएका हुन, तर पनि चितवन जाने इच्छा अझै थियो । अब त्यो इच्छा जिबितरहीरहन सकेन । आफ्नै हजुरआमाको अन्तीम दाहसंस्कारमा पनि जान नसक्नुको पीडा अझैपनि छ ।

हुन त मेरो ममीलाई पनि उतै, चितवन्, गएर हजुर आमाको अन्तिम सस्कार गर्ने मन नभएको त हैन । तर ममीको इच्यालाई छेक्न म दाई र मेरो छर छिमेकी तथा कुटुम्बले दिएको तर्कपुर्ण निषेधले गर्दा समस्या वनायो । छरछिमेकको कारण पनि ममीलाई लिएर हामी चितवन जान सकेनौ । तर, मनले मानेन मैले ममी एक्लै भएको वेलामा मैले सोधी हाले ममी किन तपाईं लाई यहाँ बश्न एत्ती चित्त नबुझेको छैन हो ? अरुत केही थिएन । तर एउटा कुरा के भने मलाई अब चितवनका आफन्तले राम्रो मान्दैनन् भनेपछी म चुप लाग्न बाध्य भए ।

यो घटनाको ठयाक्कै १ दिन अघी भाउजु माइत जानु भएको थियो । यो खवर पाउन साथ घर आउनु पर्ने भयो । गाडीको चहलपहल अलिक धेरै चलेको मौका छोपेर जानु भएको भाउजुलाई घरल्याइ पुर्याउनको लागी कम्ता कसरत गर्नु परेन । दाईलाई्र यदी एकदिन ढिला भयोभने क्वारेन्टाइनमा राखिदिने, अझै उताबाट घर नफर्कने हो भने माइतमा बसेर खान नहुने, क्वारेन्टीनमा बश्नुपर्ने बाध्यता हुन्थ्यो । तर, माइत जहाँ आफु जन्मेको २६ बर्ष बिताइयो । त्याहा बसेर खान नहुने यो कस्तो अचम्म म यो भन्दा पहिले यो बिसएमा अनबिज्ञ्र म धेरै सोच्न्न लागे । आखिर भाउजु यो घरमा प्रबेश गरेको जम्मा ८ महिना हुँदै छ । तै पनि यस्तो मलाई यो फेरी अर्को अपाच्य लाघ्यो ।

वास्तबमा म धेरैथोरै जे भएपनि हिन्दू धर्ममा आस्था भएको मान्छे हो । तर खै किन हो मलाई हाम्रो धर्मले बनाएको धेरै कुरा चित्त बुझेको छैन । अनी म मौन रही रहन पनि सकिन । मेरो प्रश्न, किन भाउजु लाई रातारात घर लेराआउनु पर्ने ? ममीलाई किन आफन्त देखी एत्ती डर ? यद्ध्पी यहाँ सवै गर्नु पर्ने काम राम्रो सँग भएको छ । के यी सबै हामीलाई हाम्रो सनातान हिन्दू धर्मले सिकएको होत ? कि हाम्रो कुनै जमानामा कुनै सासकले बनएको कुरिती हो ? अधार्मिक, अनैतिक कुरिती लाई पछाउदै छौ । अझै हामीले यस्तो अनैतिक प्रथालाई अर्को पुस्ताको मनिसलाई हस्तान्तरण गर्दै छौ । मलाई यो सच्चै नै चिन्ता को बिषय हो ।

कोरोनाले हामिलाई निम्त्याएको पीडा अरुलाई नपरोस

कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलने समस्या हामिले भोग्यौ । यो शारिरिक भन्दा पनि मानसीक पीडा हो । यो पीडा अरुलाई पनि परेको हुनसक्छ । तर, हामिलाई मात्र परेको हो की भन्ने भान परेको छ । हुनत नेपालमा बाबु वित्दा भारतमा छोरोले मृत्युसंस्कार अनुसार किरीया गर्नुपर्ने बाध्यता समाचारमा पढ्नुपरेको थियो ।

अहिले बिरामी परेकाहरु पनि अस्पताल जान डराइरहेका छन् । कुनै आफन्त, छरछिमेक वितीहाले पनि जान डराउँछन् । अझ नेपालमा कोरोनाका कारण मृत्यु भएको छैन । बिकसीत मुलुकमा कोरोनाका कारण आफन्तको मृत्यु हुँदा देख्न र नजिकै गएर छाँद हालेर रुन समेत नपाउने बाध्यता छ । कोरोनाको यस्ते भयावह हुनेहो भने अमेरीका, चिन, भारत लगायतका मुलुकमा जस्ते नहोला भन्न सकिन्न । यो बाध्यता कसैले पनि भोग्न नपरोस भनेर कामना पनि गर्दछु ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*