बागमती प्रदेशमा बजेटको चटारो
हेटौंडा । कोरोना भाइरस (कोभिड–१९) संक्रमण व्यवस्थापनसँगै बागमती प्रदेश सरकारहरूलाई आगामी आर्थिक वर्षका लागि बजेटको चटारो थपिएको छ । चालु आर्थिक वर्षमा पनि बागमती प्रदेशले साचे अनुसार खर्च गर्न नसक्ने निश्चित छ । बजेटका लागि प्रदेशको मुख्यमन्त्री कार्यालय र सबै मन्त्रालयका कमचारीहरु निरन्तर खटिएका छन् ।
आन्तरिक राजस्व बलियो र केन्द्रबाट पर्याप्त अनुदान प्राप्त हुने आशा राखेर बजेट बढाउने तयारी गरेका प्रदेशले समेत सामान्य वृद्धिको योजना बनाई गृहकार्य थालेका छन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, ०७४ अनुसार प्रदेश सरकारहरूले असार १ भित्र बजेट ल्याइसक्नुपर्नेछ । यस वर्ष जस्तै सबैभन्दा ठूलो बजेट वाग्मती प्रदेशले नै ल्याउने निश्चित छ ।
बजेटको चटारोमा निरन्तर लागिएको प्रदेशको आर्थिक मामिला तथा योजान मन्त्री कैलाश प्रसाद ढुङ्गेलले वताउनुभयो । असार १ गते बजेट ल्याउनका लागि सबै मन्त्रालयसंगै अर्थ मन्त्रालय यसको गृहकार्यमा जुटेको उहाँले वताउनुभयो ।
आन्तरिक राजस्वको स्रोत बलियो रहेको यो प्रदेश आगामी आवका लागि करिब ५० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने गृहकार्यमा छ । गत वर्षको तुलनामा करिब चार प्रतिशत मात्र बजेटको आकार बढ्ने प्रारम्भिक छलफल भइरहेको प्रदेश सरकारका अधिकारीहरूले बताएका छन् । गत वर्ष ४७ अर्ब ६० करोड रुपैयाँको बजेट ल्याएको थियो । आगामी वर्षका लागि बजेटको सिद्धान्त र प्राथमिकता निर्धारण एवं नीति तथा कार्यक्रम निर्माणको काम वाग्मती प्रदेशले गरिरहेको छ ।
सबैभन्दा बढी राजस्व संकलन गर्नेमा भने वाग्मती प्रदेश परेको छ । चालु आवको ९ महिनामा वाग्मती प्रदेश सरकारले लक्ष्यको ८१ प्रतिशत राजस्व संकलन गरेको छ । १५ अर्ब ४९ करोड राजस्व संकलनको लक्ष्य राखेकामा १२ अर्ब ५५ करोड संकलन भएको तथ्यांक छ ।
राजस्व संकलनमा उपलब्धि हासिल गरे पनि खर्चमा गर्न भने यो प्रदेश पनि कमजोर देखिएको छ । वाग्मती प्रदेश सरकारले बजेटको २२ प्रतिशत रकममात्रै खर्च गरेको छ । ४७ अर्ब ६० करोड बजेट विनियोजन भएकामा ४ अर्ब ८० करोड पुँजीगत खर्च र ५ अर्ब ७१ करोड चालु खर्च गर्न सफल भएको छ । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेल हालसम्मको खर्चको अवस्था सन्तोषजनक रहेको वताउनुभयो । । ‘लकडाउनका कारण तीव्र रूपमा काम हुने समयमा विकासका काम रोकिएको छ, जसले गर्दा खर्च कम हुनु स्वाभाविक हो,’ उनी भन्छन् । आर्थिक वर्षको अन्त्यसम्म करिब ६० प्रतिशत बजेट खर्च गर्ने अनुमान रहेको उहाँले वताउनुभयो ।







