मकवानपुरका काग्रेश नेता प्रभात दाहाल काठमाण्डौबाट पक्राउ

जनपत्र
२९ बैशाख २०७७, सोमबार १७:२४

हेटौंडा । नेपाल विद्यार्थीसंघका महामन्त्री तथा काग्रेश मकवानपुरका नेता प्रभातकुमार दाहाल आज काठमाण्डौबाट पक्राउ पर्नुभएको छ । दाहाल सहितका नेता पक्राउ परेको जानकारी प्राप्त भएको नेपाली काग्रेश मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले वताउनुभयो ।

भारतले लिपुलेकमा नेपाली भूमि मिचेर सडक निर्माण गरेको भन्दै सरकारको विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघका महामन्त्री दाहालसहितका नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा संघका महामन्त्री राजिब ढुंगाना, प्रभातकुमार दाहाललगायत काँग्रेसका एक सयभन्दा बढी नेता तथा कार्यकर्ता रहेका छन् । उनीहरुलाई प्रहरीले माइतीघर मण्डलाबाट पक्राउ गरी पुलिस क्लब लैजादै गरेको काँग्रेस स्रोतले बताएको छ ।

नेपाली भूमि लिपुलेक अतिक्रमण प्रकरण प्रकाशमा आएपछि यसको विरोधमा प्रदर्शन भइरहेका छन् । सोमबार नै माइतीघर मण्डलामा पूर्वप्रशासकलगायतले पनि प्रदर्शन गरेका थिए । सो क्रममा ३० भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यसैगरी, राष्ट्रिय सीमा रक्षा अभियानका अभियन्ता बताउनेहरूले पनि सोमबार राजधानीमा सीमा अतिक्रमणविरुद्ध प्रदर्शन गरेका थिए । सो क्रममा उनीहरूले नेपाल र भारतका प्रधानमन्त्रीको पुत्ला दहन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*