भारतमा अहिलेसम्मकै एकैदिन सबैभन्दा बढी कोरोना संक्रमित, मृत्यु हुनेको संख्या २२ सय बढि, संक्रमितको संख्या ६७ हजार नाघ्यो

भारतमा अहिलेसम्म एकैदिन सबैभन्दा बढी कोरोना संक्रमित भएका छन् । आइतबार एकैदिन भारतमा सबैभन्दा बढी ४ हजार २९६ जना संक्रमित भएका हुन् । महाराष्ट्रमा एकैदिन १९४३ जना संक्रमित थपिएका छन् । यो कुनै पनि प्रदेशमा थपिएको सबैभन्दा उच्च हो ।
विश्वभर आतंक मच्चाई रहेको कोभिड १९ अर्थात कोरोनाभाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या २२ सय बढी र संक्रमितको संख्या ६७ हजार नाघेको छ ।
वल्डो मिटरको सोमबार बिहान ६ः३० बजेको तथ्यांक अनुसार विश्वभर मृत्यु हुनेको संख्या २ हजार २ सय १२ जनाको मृत्यु भएको छ भने विश्वभर संक्रमितको संख्या ६७ हजार १ सय ६१ जना पुगेको छ ।