अमेरिकामा १२ लाख ८३ हजार बढी कोरोना संक्रमित, उपराष्ट्रपतिको प्रेस सेक्रेटरीमा पनि पोजेटिभ

जनपत्र
२७ बैशाख २०७७, शनिबार ०७:२९

२७ वैशाख, काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या १२ लाख ८३ हजार ८ सय २९ पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७७ हजार १ सय ७८ छ ।

अमेरिकी उपराष्ट्रपति माइक पेन्सको एक जना प्रमुख सहयोगीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार उपराष्ट्रपति माइक पेन्सको प्रेस सेक्रेटरी केटी मिलरमा कोरोना पोजेटिभ पाइएको हो ।

यसभन्दा ठीक एक दिन अगाडि राष्ट्रपति डोनाल्ड ट्रम्पको सहयोगीलाई पनि कोरोना पुष्टि भएको थियो ।

यससँगै ह्वाइट हाउसले अब दैनिक रुपमा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति माइक पेन्सको कोरोना परीक्षण सुरु गर्न थालेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*