अमेरिकी राष्‍ट्रपति र उपराष्‍ट्रपति दुवैका सहयोगीलाई कोरोना भाइरस संक्रमण

जनपत्र
२७ बैशाख २०७७, शनिबार ०७:०९

अमेरिकाका उपराष्‍ट्रपति माइक पेन्सकी सहयोगीमा कोभिड-१९ पोजिटिभ पाइएको छ। एक दिनअघि अमेरिकी राष्‍ट्रपति कार्यालय ह्वाइटहाउसका एक स्टाफ सदस्य तथा राष्‍ट्रपति डोनाल्ड ट्रम्पका सहयोगीमा पनि कोभिड-१९ पोजिटिभ पाइएको थियो।

उपराष्‍ट्रपति पेन्सकी प्रेस सेक्रेटरी क्याटी मिलरलाई कोराना भाइरस संक्रमण पाइएको हो। सहयोगीमा संक्रमण देखिएपछि राष्‍ट्रपति ट्रम्प र उपराष्‍ट्रपति पेन्स दुवैको दैनिक परीक्षण गर्न थालिएको छ। दुवैलाई सुरक्षित राख्‍न सबै प्रकारका सावधानी अपनाइएको सरकारले बताएको छ। अमेरिकामा कोभिड-१९ बाट ज्यान गुमाउनेको संख्या ७८ हजार नाघिसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*