युकेमा कोभिड-१९ बाट काला जातिको मृत्यु सम्भावना ४ गुणा बढी

बेलायतमा कोभिड-१९ का कारण अस्वेत जातिका मानिसको मृत्यु हुने सम्भावना गोराहरुको तुलनामा चार गुणा बढी भएको बताइएको छ ।
हालै सार्वजनिक गरिएको एक अनुसन्धानले यस्तो जनाएको हो । काला जातिका मानिसको मृत्युदर अन्य आदिवासीहरुको तुलनामा पनि बढी नै भएको उक्त रिपोर्टमा उल्लेख छ । राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको उक्त तथ्यांक अनुसार कालो जातिमा पनि क्यारेबियन महिलाहरुको जीवन कोभिड १९ का कारण बढी नै जोखिममा रहेको छ ।
उनीहरुको मृत्युको सम्भावना गोरा महिलाहरुको तुलनामा ४ दशमलब ३ प्रतिशतका दरले बढी रहेको तथ्यांकमा उल्लेख छ । जब कि, कालो जाति पुरुषहरुको सम्भावना ४ दशमलब २ प्रतिशतका दरले बढी छ ।