६७ वर्षकी केलीमा बेलायतमा गरियो कोरोनाभाइरस औषधीको परीक्षण
बेलायतमा वैज्ञानिकहरुले बनाएको नयाँ औषधी ६७ वर्षकी कोरोनाभाइरस संक्रमित महिलामा प्रयोग गरिएको छ । यो त्यहाँको साउथएम्प्टनमा रहेको अस्पतालमा परीक्षण गरिएको हो ।
बेलायतको बायोटेक कम्पनी सिनैरजेनले बनाएको यो औषधीमा इन्टरफेरोन बेटा नामको प्रोटिन प्रयोग गरिएको छ । यो प्रोटिन खासमा हाम्रो शरीरमा भाइरस संक्रमण हुँदा आफैं उत्पादन हुन्छ ।
यो परीक्षणको पहिलो नतिजा आउन चाहिँ केही समय लाग्नेछ । जुनको अन्त्यसम्म यसको नतिजा आउने बताइएको छ । यो औषधी त्यहाँकी एक ६७ वर्षकी केयी फ्लिट्नेमा प्रयोग गरिएको हो । उनलाई औषधी सोझै उनको फोक्सोमा पुग्ने गरि लिन लगाइएको छ । अहिले उनको त्यहाँको अस्पतालमा उपचार भइरहेको छ ।






