लकडाउनमा समेत बागमती प्रदेशसभा समितिको बैठक, रोजगारी दिने बजेट ल्याउन सांसदको माग

जनपत्र
२४ बैशाख २०७७, बुधबार १९:२६

हेटौंडा । बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण समितिले आगामी वर्ष यो समिति अन्तरगतको मन्त्रालयलय गर्नु पर्ने कामको विषयमा आज छलफल गरिएको छ । लकडाउनका विचमा पनि बागमती प्रदेशको प्रदेशसभामा समितिको वैठक सामाजिक दुरी कायम गर्दै वसेको हो ।

समितिमा यसअघि भिडियो कन्फ्रेन्समा भएका छलफलपछीको निर्णयका विषयमा समितिका सभापति रमा आलेले जानकारी गराउनुभएको थियो । आजको छलफल पछी भोली पनि फेरी १ वजे समितिको वैठकपछी निर्णय गर्ने तयारी भएको बागमती प्रदेश संसद सचिवालयका अधिकृत प्रतिमा सापकोटाले वताउनुभयो ।

आजको वैठकमा बिदेशबाट फर्कने युवालाई रोजगारी श्रृजना गर्नुपर्ने विषयमा प्रदेशसभाका सदस्यहरुले जोड दिएका छन् । कोरोनाको त्रास वढीरहेको समयमा प्रदेशका सवै निर्वाचन क्षेत्रमा प्रदेश सरकार रहेको अनुभुती गराउनका लागि सांसदले माग गरेका छन् । पहिलेको जस्तै वजेट भन्दा पनि कोरोनालाई रोकथाम गर्ने र वेरोजगार युवालाई रोजगारी दिनेखालका कार्यक्रम ल्याउन जरुरी रहेको बैठकमा सहभागि सांसदले वताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*