लन्डनमा अँगालो हालेर लकडाउनको विरोध, नाराः मेरो शरीर, मेरो निर्णय
लन्डनमा लकडाउनको विरोध गरिरहेको एक प्रदर्शनकारी समूहले नयाँ तरिकाले विरोध प्रदर्शन गर्न थालेको छ । उनीहरुले समूहका एकअर्कालाई अँगालो हालेर यो विरोध प्रदर्शन गर्न थालेका हुन् ।
शनिबार दिउँसो त्यहाँ कम्तिमा पनि २० जना भेला भएर प्रहरी मुख्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले विरोधका लागि बोकेका प्लेकार्डमा लेखिएको छ– मेरो शरीर, मेरो निर्णय । बेलायतमा मार्च महिनादेखि नै मानिसहरुलाई भेला हुन रोक लगाइएको छ । त्यहाँ अन्य प्रतिबन्ध पनि लगाइएको छ ।
तर, अब विस्तारै मानिसहरुले यी प्रतिबन्धको विरोध गर्न थालेका छन् । लन्डनका सडकमा पछिल्ला दिनमा कारको संख्या पनि बढ्दै गएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।






