उत्तर कोरियाली नेता २० दिनसम्म कहाँ थिए ?

जनपत्र
२१ बैशाख २०७७, आईतवार ०७:०६

उत्तर कोरियाका शासक किम जोङ उन करिब २० दिनपछि सार्वजनिक कार्यक्रममा देखा परेका छन् । उनका बारेमा अन्तर्राष्ट्रिय मिडियामा विभिन्न अडकलबाजीसहितका समाचार सार्वजनिक भइरहेका बेला उनी एक सार्वजनिक कार्यक्रममा उपस्थित भएका उत्तर कोरियाको केसीएन समाचार एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

उनको स्वास्थ्य र जीवनका बारेमा विभिन्न अडकलबाजी गरिएको थियो । उनी पछिल्लो समय उपस्थित कार्यक्रममा उनकी बहिनी किम जोङ यो पनि सँगै थिइन् । उनी उपस्थित कार्यक्रममा उपस्थित त्यहाँका नागरिकले तालीको गडगडाहटले स्वागत गरेका थिए । उनी १२ अप्रिलपछि कुनै पनि कार्यक्रममा देखिएका थिएनन् ।

उनी गम्भीर रुपमा बिरामी भएको उल्लेख थियो तर दक्षिण कोरियाले भने बाहिर आएका समाचारमा सत्यता नभएको जनाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*