कोरोनाले २४ घण्टामा ५ हजार १३९ को मृत्यु, साढे ८१ हजार नयाँ संक्रमित थपिए

विश्वभर फैलिएको कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा ५ हजार भन्दा धेरैको ज्यान गएको छ । २४ घण्टामा ५ हजार १३९ जनाको ज्यान गएको हो । यो अवधीमा सबैभन्दा धेरै अमेरिकामा १ हजार ६३४ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा बेलायतमा ६२१, इटलीमा ४७४, स्पेनमा २७६, फ्रान्समा १६६, जर्मनीमा ७६, ब्राजिलमा ३४० जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ८१ हजार ६३२ जना कोरोना संक्रमित थपिएका छन् । यसमा सबैभन्दा धेरै अमेरिकामा २८ हजार ५३४ कोरोना संक्रमितको पहिचान भएको छ । रसियामा ९ हजार ६२३, बेलायतमा ४ हजार ८०६, ब्राजिलमा ४ हजार ४५० कोरोना संक्रमित थपिएका छन् ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण आइतबार बिहानसम्म २ लाख ४४ हजार ५८७ जनाको ज्यान गएको हो । सबैभन्दा धेरै अमेरिकामा ६७ हजार ३९६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । ३४ लाख ७९ हजार ७२६ मा कोरोनाको संक्रमण देखिसकेको छ । अमेरिकामा सबैभन्दा धेरै ११ लाख ५९ हजारमा यो संक्रमण देखिएको छ ।