उत्तर कोरियाको सरकारी मिडियामा २० दिनपछि किमको तस्वीर सार्वजनिक, स्वस्थ रहेको संदेश

जनपत्र
२० बैशाख २०७७, शनिबार ०६:५१

उत्तर कोरियाली नेता किम जोंग उन २० दिनपछि सार्वजनिक भएका छन् । मृत्यु भएको हल्ला र अनेक अड्कलबाजीका बीच किम सार्वजनिक भएको उत्तर कोरियाली सरकारी मिडिया केसीएनएले सार्वजनिक गरेको छ ।

रिपोर्टमा किमले एक रासायनिक मल बनाउने फ्याक्ट्रीको उद्घाटन गरेका छन् । सो कार्यक्रममा किम आफ्नी बहिनी किम यो जोंग र अन्य वरिष्ठ अधिकारीहरुसहित सो कार्यक्रममा उपस्थित भएका थिए । किमको तस्वीरमात्र सार्वजनिक भएकाले यो रिपोर्ट सहि हो या होइन भन्ने बारेमा समेत आशंका व्यक्त भएको छ ।

यस अघि किम अप्रिल १२ मा सरकारी मिडिया माफर्त सार्वजनिक भएका थिए । अप्रिल १५ मा आफ्ना हजुरबुबाको जन्मोत्सवको कार्यक्रममा किम अनुपस्थित भएपछि उनको स्वास्थ्य ठिक नभएको, मुटुको अप्रेशन गरिएको र उनको मृत्यु भएको जस्ता रिपोर्ट अपुष्ट रुपमा आइरहेका थिए ।

तर उत्तर कोरियाका गतिबिधिलाई नजिकबाट हेर्ने दक्षिण कोरियाले भने किमको स्वास्थ्यसम्बन्धि सबै रिपोर्टलाई खारेज गर्दै उनी ठिक रहेको बताउदै आएको थियो । खरिबोटबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*