अमेरिकामा झन् बढे कोरोना संक्रमित, एकैदिन ३१ हजार संक्रमित
कोरोना भाइरसको संक्रमणले अमेरिकालाई अझै छोडेको छैन । संक्रमित झन् बढ्दो अवस्थामा पुगेको छ । बिहीबार एकै दिन अमेरिकामा संक्रमितको संख्या ३१ हजार पुगेको छ । वल्डोमिटरका अनुसार विश्वभर नयाँ संक्रमित ८६ हजार पुग्दा ३१ हजार मात्र अमेरिकी हुन् ।
त्यसैगरी दुई हजार २०० भन्दा बढीको ज्यान गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिलका सुरुआती दुई सातामात्र कोरोनाको संक्रमण बढ्ने दावी गरेका थिए । मे महिना लाग्दा समेत पनि कोरोनाको प्रकोप झन् फैलदो छ । अमेरिकामा संक्रमितको संख्या १० लाख ९५ हजार भन्दा बढी भएको छ । मृतक ६३ हजार ८५६ भइसकेका छन् ।






