विश्वभर कोरोना : ३२ लाख १९ हजार संक्रमित, २ लाख २८ हजारको मृत्यु
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड १९’ को कारण हालसम्म विश्वमा २ लाख २८ हजार १ सय ९४ जना मानिसको ज्यान गइसकेको छ । भने ३२ लाख १९ हजार २ सय ४० जना मानिसमा कोरोना संक्रमण फैलिएको छ । भने तिनिहरु मध्ये ५९ हजार ८ सय ८ जना मानिसको अवस्था गम्भीर रहेको वल्डोमिटरको बिहिबार बिहान ७ बजेको तथ्यांकले देखाएको छ । साथै हालसम्म कोरोना उपचारपछि १० लाख १ सय १ जना निको भएर घर फर्किएका छन् ।






