कांग्रेस जितपुर–सिमरा सभापति गुप्ता प्रहरी नियन्त्रणमा

जनपत्र
१६ बैशाख २०७७, मंगलवार ०६:२२

नेपाली कांग्रेस जितपुर–सिमरा नगर कमिटीका सभापति श्यामबाबु गुप्तालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। बैकिङ कसुरमा गुप्ताविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा परेको उजुरीका आधारमा उनलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्र शाहीका अनुसार श्यामबाबु गुप्ताविरुद्ध १५ लाख रुपैयाँ चेक बाउन्सको उजुरी परेको छ। सोमबार गुप्ता आफैं प्रहरी कार्यालयमा आएको शाहीले बताए। गुप्ताविरुद्ध प्रहरीले बैंकिङ कसुरअन्तर्गत अनुसन्धान गरी बयान लिएर अदालत पेस गर्नुपर्ने कार्यविधि छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*