भारतमा कोरोना संक्रमितको संख्या २९ हजार नाघ्यो, मृत्यु हुनेको संख्या ९३९
भारतमा कोरोना संक्रमणबाट मर्नेको संख्या ९ सय ३९ पुगेको छ । वल्डो मिटरको बिहान ६ बजेको रिपोर्ट अनुसार संक्रमित हुनेहरुको संख्या २९ हजार ४ सय ५१ पुगेको छ ।
भारतमा एकैदिन १ हजार ५६१ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २९ हजार ४५१ पुगेको छ । भारतमा संक्रमितमध्ये ७ हजार १३७ जना उपचारपछि निको भएका छन् । २१ हजार ३७५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।






