राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सीबीच टेलिफोन संवाद

जनपत्र
१६ बैशाख २०७७, मंगलवार ०६:१२

राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिनपिङबीच टेलिफोन संवाद भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षीबीच सोमबार साँझ टेलिफोन कुराकानी भएको सिन्ह्वाले उल्लेख गरेको छ ।

सिन्ह्ववाका अनुसार राष्ट्रपति सीले कोभिड(१९ विरुद्धको लडाईमा दृढतापूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।उनीहरुबीचको वार्तामा सीले दुई मुलुकहरूका स्वास्थ्य संस्थाहरुबीचको सम्पर्क र साझेदारी बलियो बनाउनेबारे जोड दिएको जनाइएको छ ।

नेपालमा कोरोना संक्रमणका कारण जारी लकडाउन र सत्तारुढ दलभित्रको आन्तरिक किचलो चलिरहेका बेला राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षीसँग टेलिफोन संवाद गरेकी हुन् । सन् २०१९ को डिसेम्बरको अन्तिमबाट चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रणमा चीनले उपलब्धीमुलक सफलता हात पारेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*