प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश राणाबीच अर्थपूर्ण भेटवार्ता !

जनपत्र
१६ बैशाख २०७७, मंगलवार ०५:५६

प्रधानमन्त्री केपी शर्मा ओलीले गएराती प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग अर्थपूर्ण भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा ओली र राणाबीच भेटवार्ता भएको हो ।

पार्टीमा घेराबन्दीमा परेपछि प्रधानमन्त्री पद नै अप्ठ्यारोमा परेको विश्लेषण भइरहेका बेला प्रधानमन्त्री र प्रधानन्यायाधीशबीचको यो भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । त्यस्तै आज नेकपाको सचिवालय बैठक बस्ने तय भइसकेकाले सो बैठकअघिको यो भेटलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

पछिल्लो समय ओलीले ल्याएका दुई अध्यादेश प्रकरणपछि चुलिएको नेकपाभित्रको आन्तरिक राजनीति झन पेचिलो बनेको छ । खरिबोटबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*