इरानी सेनाले निहुँ खोजे गोली चलाउन अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनालाई सताउने इरानी बन्दुकधारी डुंगाहरुलाई ध्वस्त पारिदिन निर्देशन दिएका छन् । बुधबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति ट्रम्पले आफ्ना समुद्री नौसैनिकहरुलाई सो निर्देशन दिएका हुन् । उनले अमेरिकी नौसेनाका जहाजहरुलाई सताउने गनबोटहरुलाई सिधै गोली हान्न समेत निर्देशन दिएका छन् ।






