भारतमा एकै दिन कोरोनाका १५ सय ४१ संक्रमित बढे, मृतक ६४५, संक्रमित २० हजार नाघ्यो

बैशाख १० । कोरोना भाइरसबाट भारतमा २४ घन्टायता १५ सय ४१ जना संक्रमित भएका छन् । पछिल्लो चार दिन निरन्तर एक हजार भन्दा बढीलाई हरेक दिन संक्रमण भएको छ ।
भारतमा संक्रमितको संख्या २० हजार ८० पुगेको छ । मृतकको संख्या ६४५ पुगेको छ । २४ घण्टामा ५३ जना नयाँ मृतक थपिएका छन् । भारतमा ३ हजार ९७५ जनालाई निको भएको छ । भारतमा केस बन्द भएका घटनामा १४ प्रतिशतको ज्यान गएको हो । तुलनात्मक रुपमा यो अन्य ठूला देशको तुलनामा भने कम हो ।