अमेरिकामा कोरोना संक्रमणबाट फेरि एकैदिन १९ सयको मृत्यु, संक्रमित झण्डै ८ लाख

जनपत्र
९ बैशाख २०७७, मंगलवार ०७:३०

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण केही दिन घटेको दैनिक मृत्यु संख्या फेरि बढेको छ । सोमबार एकै दिन त्यहाँ कोरोना भाइरसका कारण १ हजार ९३९ को मृत्यु भएको छ । यससँगै त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४२ हजार ५१४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना भाइरसका संक्रमित संख्या ७ लाख ९२ हजार ७५९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । सोमबार मात्र त्यहाँ २८ हजार १२३ नयाँ संक्रमित फेला परेका छन् । ७२ हजार ३८९ जना निको पनि भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*